बालुवाटार सर्दै प्रधानमन्त्री देउवा

बालुवाटार सर्दै प्रधानमन्त्री देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटार सर्दैछन् । मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री देउवा शुक्रबार बिहान १० बजेपछि सरकारी निवास बालुवाटार सर्न लागेका हुन् ।

उनी ज्योतिषीले निकालेको साइतमा बालुवाटार सर्ने भएका छन् । देउवानिकट एक नेताले ज्योतिषले दिएको समयमा उनी  बालुवाटार सर्न लागेका हुन् ।

यसअघिका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मात्रै सरकारी निवास छाडेका थिए ।

सर्वोच्च अदालतले तत्कालिन प्रधानमन्त्री ओली सरकारले गरेको संसद विघटन बदर गर्दै सोमबार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश जारी गरको थियो ।

सर्वोच्चको आदेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।