काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत पाएका हुन् । देउवाले संसदमा रहेका कूल सांसद संख्याको १६५ मत पाएका हुन् । योसँगै देउवा नेतृत्वको सरकार सुरक्षित बनेको छ । उनकाे विपक्षमा ८३ मत परेकाे छ भने एक जना तटस्थ रहेका थिए ।
उनलाई नेपाली कांग्रेससहित माओवादी केन्द्र जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्ष, महन्त ठाकुर पक्षले विश्वासको पक्षमा मतदान गरेका थिए । त्यस्तै माधव नेपालसहित एमालेका २२ सांसदले शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् !
सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परामादेश जारी गरेको थियो ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । उनले संविधानको धारा ७६ को (५) अनुसार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
प्रतिक्रिया