देउवालाई बाबुरामको प्रश्नः कि सेटिङ नै हो ?

देउवालाई बाबुरामको प्रश्नः कि सेटिङ नै हो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेस सभापति शेरवहादुर देउवाले चुनावप्रति दिएको अभिव्यक्तिबारे आशंका व्यक्त गरेका छन् ।

मंगलबार ट्वीटरमामार्फत पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले संसद पुनःस्थापनापछि चुनावमा जाँदा कांग्रेसलाई दुवै हातमा लड्डु हुने भएकाले किन नबुझेको भन्दै प्रश्न गरेका छन् ।

सभापति देउवाले विभिन्न कार्यक्रमहरुमा निर्वाचनमा जाने बताउँदै आएका छन् । उनीे प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संसद विघटनका विषयमा मौन रहँदै आएका छन् ।

उनले भनेका छन्, ‘चिसो भनेकै कोकाकोला भनेझैं केही कांग्रेसी नेताका निम्ति लोकतन्त्र भनेकै चुनाव हुनु दुःखद छ । चुनावमा त ढिलोछिटो जानैपर्छ । तर ओलीको असंवैधानिक कदम नसच्चिई चुनावमा जाँदा (भैहालेमा) संविधान धरापमा पर्छ । संसद पुनर्स्थापनापछि चुनावमा जाँदा दुवै हातमा लड्डु हुन्छ । किन नबुझेको ? कि सेटिङ नै हो ?’