राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ताः आजै मन्त्रीकाे शपथको टुंगो गरेर फर्किए देउवा

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ताः आजै मन्त्रीकाे शपथको टुंगो गरेर फर्किए देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

शुक्रबार बिहान राष्ट्रपति निवास शीतलनिवासमा उनीहरुबीच भेटवार्ता भएको राष्ट्रपति कार्यालयले जनाएको छ। आजको भेटवार्ता मन्त्रिमण्डल विस्तारमा केन्द्रीत भएको स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री देउवाले आजै मन्त्रिमण्डललाई पूर्णता दिने तयारीस्वरुप राष्ट्रपतिसँग परामर्श लिएका हुन् । आजै मन्त्रीको शपथ हुने भएको छ । स्रोतकाअनुसार आज साँझसम्ममा मन्त्रीहरुलाई शपथ गराउने तयारी भएको हो ।

प्रधानमन्त्रीलाई दलहरुले सरकारमा सहभागी हुने मन्त्रीको नाम पठाएपछि शपथको समय तोकिने भएको छ ।

कांग्रेससँग अहिले प्रधानमन्त्रीसहित गृह, कानुन न्याय तथा संसदीय मामिला र परराष्ट्र मन्त्रालय रहेको छ । अब काँग्रेसले रक्षा, सञ्चार तथा सूचना प्रविधि, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय लिने सहमति भएको छ ।

सत्तारुढ दल नेपाली कांग्रेसबाट मिनेन्द्र रिजाल, दिलेन्द्र बडु, उमाकान्त चौधरी र उमा रेग्मीलाई मन्त्री बनाउने तयारी गरेको छ । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बन्ने भएका छन् ।

माओवादी केन्द्रबाट शुक्रबार पौडेलसँगै शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री र बोधमाया यादव राज्यमन्त्री बन्दैछन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रले अर्थ, ऊर्जा मन्त्रालय लिइसकेका छन् अब शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय पाउने सहमति भएको छ ।

माओवादी केन्द्रबाट मन्त्रीहरुमा राजेन्द्र श्रेष्ठ (सँघीय मामिला,सामान्य प्रशासन तथा स्थानीय विकास), रामसहाय प्रसाद यादव,रेणु यादव र प्रमोद साहको नाम आएको छ ।

यस्तै जसपाले भौतिक पुर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र बन तथा बातावरण पाउने सहमति भएको छ । त्यस्तै एकिकृत समाजवादीले स्वास्थ्य, शहरी विकास, संस्कृति तथा पर्यटन र श्रम तथा रोजगार मन्त्रालय पाउने सहमति भएको छ ।

यस्तै,समाजवादी पार्टीबाट विरोध खतिवडा शहरी विकास मन्त्री, रामकुमारी झाँक्री स्वास्थ्यमन्त्री, प्रेम आले पर्यटनमन्त्री, किसान श्रेष्ठ श्रममन्त्री र भवानी खापुङ राज्यमन्त्री टुंग्याइएकोमा भवानी खापुङले राज्यमन्त्री अस्वीकार गरेका छन् ।