एमसीसीमा सहमति जुटाउने देउवाको प्रयास, सहमति नजुटे ताजा जनादेशमा जाने

एमसीसीमा सहमति जुटाउने देउवाको प्रयास, सहमति नजुटे ताजा जनादेशमा जाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् । आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंगको भेटमा सर्वदलिय बैठक बोलाउने बिषयमा छलफल भएको बताइएको छ ।

संसदको गतिरोध अन्त्यका लागि सबै दलसंग छलफल गर्न दाहालले देउवालाई सुझाएको बताइएको छ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)लाई संसदबाट अनुमोदन गराउने बिषयमा पनि दलहरुसंग छलफल हुने बुझिएको छ ।

प्रधानमन्त्री देउवाले माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई सहमतिका लागि अन्तिम प्रयास गर्ने भएका छन् । उनले माओवादीले सहमति नजनाएपनि एमसीसी सम्झौता संसदमा टेबुल गर्ने तयारी गरेका छन् । साथै एमसीसीमा सहमति नजुटे ताजा जनादेशमा जाने प्रधानमन्त्री देउवाको तयारी रहेको स्रोतले जनाएको छ ।

यता प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले एमसिसीबारे अहिले पार्टीभित्र कुनै छलफल नभएको बताएको छ ।

शुक्रबार केन्द्रीय कमिटी बैठकका निर्णयहरू सार्वजनिक गर्दै महासचिव पोखरेलले सरकारले संसदमा कुनै प्रस्ताव पेश नगरेकाले एमसिसीबारे अहिले कुनै छलफल नभएको बताएका हुन् ।

‘एमसिसीबारे सरकारले कुनै प्रस्ताव ल्याएको छैन । हाम्रो ध्यान अहिले संसदमा छ,’ उनले भने,‘हामीले कारबाही गरेका मान्छेलाई सभामुखले सूचना निकाल्नु भएन । अदालतले अहिलेसम्म यो मुद्दामा फैसला दिएको छैन। यो कुराको टुंगो नलागेसम्म संसद अवरोध जारी रहन्छ ।’