गठबन्धको सरकार निर्माण प्रक्रिया अघि बढ्यो, देउवाले बोलाए तीन दलको बैठक

गठबन्धको सरकार निर्माण प्रक्रिया अघि बढ्यो, देउवाले बोलाए तीन दलको बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएसंगै गठबन्धन सरकार निर्माणको प्रक्रिया अघि बढेको छ । बहुमतको सरकार गठनकालागि दलहरु कसरतमा छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साँझबाट लागू हुने गरी संविधानको धारा ७६ (२) अनुसार गठबन्धन सरकार निर्माणका लागि राजनीतिक दललाई बिहीबार साँझ ९ बजेसम्म दाबी पेश गर्न समयसीमा तोकेकी छन् ।

राष्ट्रपतिले दिएको समयसीमाभित्र विपक्षी गठबन्धनले बहुमत दलहरुले छलफललाई तिब्रता दिएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका सम्बन्धमा छलफल गर्न दलका नेताहरुलाई आफ्नै निवासमा बोलाएका छन् ।

दिउँसो २ बजे नयाँ सरकार गठनबारे छलफल गर्न माओवादी र जसपाका शीर्ष नेतालाई बुढानिलकण्ठमा बोलाइएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । माओवादी केन्द्र र नेपाली कांग्रेसले नयाँ सरकार गठनको कसरत गरे पनि जसपाको एउटा समूह तयार भइसकेको छैन् ।

उपेन्द्र यादव समूह नयाँ सरकार बनाउन तयार भए पनि महन्थ ठाकुर समूह तयार छैन् । राष्ट्रपतिले दिएको समयसीमाभित्र विपक्षी गठबन्धनले बहुमत जुटाउन नसकेमा संविधानको धारा ७६ (३) अनुसार कामचलाउ प्रधानमन्त्री ओली नै पुनः अल्पमतको प्रधानमन्त्री नियुक्त हुनेछन् ।