काठमाण्डु – पूर्वमन्त्री शेरबहादुर तामाङ सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतासमेत रहेका पूर्वमन्त्री तामाङ केहिदिन अगाडी अर्थात साउन २२ गते निधन भएका नेपाली काँग्रेसका नेता मोहन बस्नेतको बुबाको मृत्यु संस्कारमा गएका गएका थिए । बस्नेतका बुबालाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनी साउन २७ गते जिल्ला समन्वय समितिले आयोजना गरेको जिल्लाका स्थानीय तहहरु, बिषयगत कार्यालयहरु र जिल्लामा कार्यरत संघ संस्थाहरुको वार्षिक समिक्षा गोष्ठीको उद्घाटन गर्न चौतारा पुगेका थिए ।
‘केहीदिन घरमै छुट्टै ढंगले क्वारेन्टाइनमा बस्ने निधो गरेको छु । पिसिआर टेष्टको रिपोर्ट हेरेपछी मित्रहरुलाई जानाकारी गराउँला’, उनले भनेका छन्, ‘अहिलेलाई भेटघाट र सार्वजनिक कार्यक्रम बन्द गरेको छु ।’
पूर्वमन्त्री तामाङले १४ दिनसम्म मृत्युकर्ममा बस्नु राम्रो भएको बताएका छन् ।
मृत्यु संस्कारमा सहभागी हुनु सामाजिक संस्कार भएको उल्लेख गर्दै तामाङले कोही नआत्तिनसमेत अपिल गरेका छन् । ‘जोजो यस कार्यमा संलग्न हुनुभयो कसैले आत्तिनु पर्दैन । केही सावधानी भने अपनाउन हार्दिक अपिल गर्दछु,’ उनले भनेका छन्।




प्रतिक्रिया