काठमाण्डु – भारतमा हुने भनिएकाे ‘दशौं भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ स्थगित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भाग लिने ‘दशौं भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ स्थगित भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
समाचार संस्था एएनआइका अनुसार गुजरात सरकारले ओमिक्रोन भेरिएन्टको त्रासको कारण सम्मेलनलाई स्थगित भएको जनाएको छ ।
जनवरी १० देखि जनवरी १२ सम्म सम्मेलन आयोजना गर्ने तयारी थियो । प्रधानमन्त्री देउवा २० सदस्यीय प्रतिनिधिमण्डलसहित आइतबार गुजरात जाने तयारीमा थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुस २६ मा उद्घाटन गर्ने भनिएको समिटमा देउवाले पनि सम्बोधन गर्ने कार्यक्रम तय भइसकेको थियो । भ्रमणका क्रममा भारतीय समकक्षी मोदीसँग देउवाले भेटवार्ता गर्ने कार्यक्रम रहेको थियो ।




प्रतिक्रिया