मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदले गरे कित्ता परिवर्तन, ओली समूहमा लागे

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदले गरे कित्ता परिवर्तन, ओली समूहमा लागे


काठमाण्डु – मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने दुई जना सांसदले कित्ता परिवर्तन गरेका छन् ।

प्रदेश सांसद कला घले र वसन्तीदेवी यादवले प्रचण्ड–माधव नेपाल समूह छोडेर ओली कित्तामा आएका हुन् । यादव मारङकी सांसद हुन भने घले उदयपुरकी हुन् ।

प्रचण्ड–नेपाल पक्षका भीम आचार्यलाई मुख्यमन्त्री बनाउनुपर्ने भन्दै मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी उदयपुरकी घले पनि समूह परिर्वतन गरेर ओली पक्षमा उभिन पुगेकी छिन् ।

प्रचण्ड–नेपाल पक्षका पूर्वमन्त्री इन्द्र आङ्बो प्रस्तावक रहेको सो अविश्वासको प्रस्तावमा कुल ३७ जनाको हस्ताक्षर रहेको थियो । अविश्वासका पस्ताव पेश भएको चारदिनपछि कित्ता परिवर्तन गरी उनी ओली समूहका मुख्यमन्त्री राईको पक्षमा उभिएकी थिइन् ।

कित्ता परिवर्तन गरेका सांसदद्वयले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर जनमतमा जाने निर्णय स्वागतयोग्य भएको भन्दै मुख्यमन्त्री नेतृत्वको सरकारमा बचाउनमा आफूहरुको भूमिका रहने बताएका छन् ।