पार्टीभित्र मेलमिलाप गर्न खोजिराख्या छु : सभापति देउवा


काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र बेमेलको अवस्था नरहेको दाबी गरेका छन् ।

पार्टी कार्यालय सानेपामा नेपाली कांग्रेसको मेलमिलाप दिवसका सन्दर्भमा आयोजित चियापान कार्यक्रममा पत्रकारसँग कुरा गर्दै देउवाले पार्टीभित्र बेमेल नरहेको बताए ।

पार्टीभित्र मेलमिलापको अभाव रहेको भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘त्यो तपाईंले भन्नुभएको छ । तपाईंले भनेको कुरा त सत्य होइन नि ! मेलमिलाप गर्न खोजिराख्या छु । केही समस्या छ भने समाधान गर्छु मैले ।’

देश छाडेर बाहिरिनेको संख्या बढेको विषयमा उनले कसैको पनि रहरलाई रोक्न नहुने तर्क गरे । उनले भने, ‘रहर पुगेपछि उहाँहरू पनि फर्किनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement