काठमाण्डु – नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको समावेशी संविधानका कारण एउटै पार्टीको बहुमत आउन नसक्ने बताएका छन् ।
नेपाली कांग्रेस तनहुँले आज सोमबार आयोजना गरेको जिल्ला सम्मेलन तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले भने, ‘संविधान समावेशी छ । संविधानका कारण एउटै पार्टीको बहुमत आउँदैन । गठबन्धन गरेर जाँदा कांग्रेस ठूलो शक्तिका रूपमा निर्माण गर्न सकिन्छ ।’
उनले अहिलेको संविधानका कारण एउटै पार्टीको बहुमत आउने अवस्था नरहेकाले चुनावमा गठबन्धन गरेर जानुपरेको बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनका लागि दलबीच सहमति र सहकार्यको आवश्यकता रहेको उनले बताए ।
उनले पार्टीलाई बलियो बनाउन पार्टीभित्र समझदारी र एकताको खाँचो रहेको बताए । उनले भने, ‘पार्टीलाई बलियो बनाएर अघि जानुपर्छ । तब मात्र देशको ठूलो र शक्तिशाली पार्टी बन्न सकिन्छ ।’




प्रतिक्रिया