सुन्ने मानिसहरू खाली भए पनि नेताहरू भाषण गरिरहेको देख्छु : सभापति देउवा

सुन्ने मानिसहरू खाली भए पनि नेताहरू भाषण गरिरहेको देख्छु : सभापति देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् ।

आज शुक्रबार नेपाली कांग्रेस काठमाण्डु जिल्ला सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले लामो भाषण गर्नेहरूप्रति इङ्गित गर्दै भाषण सुन्ने मानिसहरू खाली भए पनि नेताहरू भाषण गरिरहेको देखिएको बताए ।

सभापति देउवाले उद्घोषकलाई मात्रै भाषण सुनाउने काम बन्द गर्नुपर्ने बताए । उनले नेताहरू आफ्ना कुरा राखेर हिँडिसकेपछि व्यंग्य गर्दै सबै हिँडिसकेपछि बोल्नुको अर्थ नरहने बताए ।

‘मान्छे बाँकी कोही छैन, के बोल्नु ? के अवस्था भइसक्यो भने मान्छे बोल्दा–बोल्दा हल खाली भइसकेको हुन्छ, सबैकुरा स्पष्ट सुनाउनु पनि छ । कुरा सुनाउन पनि कहिलेकाहीँ भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ । एक जना बसेको हुन्छ, अनि धन्यवाद है तपाईं त लास्टसम्म बस्नुभयो भन्छन् । तपाईंको भाषण सुन्न होइन माइकका लागि आएको हो, माइक मैले दिएको हो भन्ने बेला छ ।’