काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम पुगेका छन् । मन्त्री तथा नेताहरूका साथ बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनका लागि सुर्खेत, दिपायल हुँदै बझाङ पुगेका प्रधानमन्त्री देउवाले बझाङको प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।
बाढीबाट प्रभावित भएकालाई सरकारले समयमै राहत दिने तथा बाढी पहिराले घर भत्किएकाको घर निर्माणका लागि आर्थिक सहयोग दिने प्रधानमन्त्री देउवाले बताए । आज बाढी प्रभावित क्षेत्र सुदूरपश्चिमको पुगेका प्रधानमन्त्री देउवाले यहाँका बाढी प्रभावित क्षेत्रका व्यक्तिहरूको उद्धार र राहतका लागि निर्देशन दिएका हुन् ।
त्यसैगरी आजै प्रधानमन्त्री देउवा बैतडीको प्रभावित क्षेत्र जाने कार्यक्रम छ । त्यहाँबाट डडेल्धुरा, कञ्चनपुर हुँदै कैलाली जाने कार्यक्रम छ । प्रधानमन्त्री देउवा आज विहान अर्थमन्त्री, पर्यटन मन्त्री, कांग्रेस नेताहरु एनपी साउद, रमेश लेखकसहित सुदूरपश्चिम भ्रमणमा निस्किएका हुन् । तीन दिनको अविरल वर्षाले सुदूरपश्चिममा ठूलो जनधनको क्षति भएको छ ।




प्रतिक्रिया