प्रजातन्त्र नै खतरामा पार्ने विरोधी शक्तिलाई कांग्रेसले नछाड्ने देउवाको चेतावनी


बुटवल – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय प्रजातन्त्रमाथि खतरा बढ्दै गएको बताएका छन् ।

पार्टी केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार भैरहवामा आयोजना गरेको प्रदेश पाँच स्तरीय महाधिवेशनमा बोल्दै सभापति देउवाले सबैभन्दा बढी खतरा कम्युनिस्ट पार्टी र अहिलेको सरकारबाट भएको बताउँदै प्रजातन्त्र नै खतरामा पार्ने विरोधी शक्तिलाई कांग्रेसले नछाड्ने चेतावनी दिए ।

सरकारले जनअपेक्षाका केही काम गर्न नसकेको उनको आरोप छ । सरकारले नेकपाका कार्यकर्तालाई ठेक्कापट्टा दिने, उपभोक्ता समितिका नाममा बजेट छरेर कार्यकर्ता पोस्ने काम गरेको आरोप लगाए ।

सभापति देउवाले पार्टीलाई बलियो शक्ति बनाउन र आगामी निर्वाचनमा पहिलो दल बनाउन सुशासन जरुरी रहेको बताए । उनले चुनावका बेला पार्टीलाई भोट नहाल्ने जोकोही पार्टीमा बसिरहन आवश्यक नरहेको औंल्याए । त्यस्ता कार्यकर्तालाई कार्बाही गरेरै छोड्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement