काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल क्रिकेट संघ – क्यान) ले खेलाडीलाई गरेको कोरबाहीको बारेमा चासो देखाएका छन् ।शुक्रबार प्रधानमन्त्री देउवाले नेपाल क्रिकेट संघ –क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई फोन गरेर खेलाडीलाई कारवाही गरेको विषय के हो ? भनेर सोधेका हुन् ।
आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र देउवाबीच भेटवार्ता भएको थिए । त्यसपछि देउवाले अध्यक्ष चन्दलाई फोनमा भने, ‘क्यानमा के गरेको हो यो ? प्रचण्डजीले पनि यसमा चासो राख्नुभएको छ, मिलाउनुुस् है’,
क्यानको बुधबार बसेको बोर्ड बैठकले राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त गरेको थियो । क्यानले अनुशासनसम्बन्धी आचारसंहिता उल्लङ्घनको आरोपमा मल्ल र दीपेन्द्रसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को सेन्ट्रल कन्ट्रयाक्टमा सुरूको ६ महिना सहभागिता नगराउने निर्णय समेत गरेको थियो ।




प्रतिक्रिया