प्रजातन्त्र रक्षाका लागि सदनबाटै प्रतिकार गछौं : सभापति देउवा

प्रजातन्त्र रक्षाका लागि सदनबाटै प्रतिकार गछौं : सभापति देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र रक्षाका लागि नेपाली कांग्रेसले सदनबाटै त्यसको प्रतिकार गर्ने बताएका छन् ।

प्रजातन्त्रका सेनानी दयाशंकर पालिखेको स्मृतिमा पोखरामा मंगलबार आयोजित पत्रकारिता सम्मान कार्यक्रममा बोल्दै सभापति देउवाले ओली सरकारले प्रेसलाई अंकुश लगाएर निरंकुश बन्न खोजेको आरोप लगाउँदै प्रजातन्त्र रक्षाका लागि कांग्रेसले सदनबाटै प्रतिकार गर्ने बताएका हुन् ।

उनले भने, ‘हामी सदनबाटै सरकारको प्रजातन्त्र मास्ने सडयन्त्र विरुद्धमा जुट्छौं ।’
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञावाली स्वतन्त्रले प्रेस विरोधी प्रावधान हटाउनका लागि पहल गर्न कांग्रेस सभापति देउवालाई अनुरोध गरेका थिए ।

सभापति देउवाले महासंघले संसदमा रहेको मिडिया काउन्सिल विधेयक संशोधनसहित आउने सरकारको प्रतिवद्धताका कारण महासंघको आन्दोलन स्थगित भएको पनि बताए ।

कार्यक्रममा दयाशंकर स्मृति पत्रकारिता पुरस्कार २०७५ बाट पत्रकार रवीन्द्रनाथ बास्तोलालाई सम्मान गरिएको थियो । कांग्रेस सभापति देउवाले पत्रकारिता सम्मानको राशी ५५ हजार ५ सय ५५ रुपैयाँ र सम्मान पत्रबाट पत्रकार बास्तोलालाई सम्मान गरेका थिए ।