काठमाण्डु – प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रचण्ड–माधव नेपाल समूहलाई कुहिएको फलको संज्ञा दिएका छन् ।
शुक्रबार लोकतन्त्र दिवसको अवसरमाा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री राईले पार्टीबाट कुहिएका फल झरेर गए पनि आफूहरु नचुकेको बताएका हुन् ।
‘कुहिएका फल र सुकेका पत्ताहरु झरे, तर हामी चुकेका छैनौं’, उनले भने, ‘सिंगो प्रदेश र प्रदेशवासी जनताको शीर झुक्ने कुनै काम गरेका छैनौं, यो कुरा पनि शीर ठाडो पारेर भन्न चाहन्छु ।’
उनले आफूमाथि दर्ता भएको अविश्वासको प्रस्तावको सामना गर्न आफू तयार भएको बताएका छन् । उनले सरकार जुनसुकै प्रस्तावको सामना गर्न तयार भएको बताए ।
उनले आफूहरुले उठाएका केही प्रश्न वैधानिक रहेको बताउँदै संविधान, कानुनबाट निर्देशित दलीय कानुन र दलीय वैधानिक व्यवस्थामा सरकार लचिलो हुन नसक्ने बताए ।
‘विधि सम्मत ढंगबाट आउने जुनसुकै प्रस्तावको सामना गर्न सरकार तयार छ, सरकार भाग्न खोजेको छैन, पन्छिन खोजेको छैन’, उनले भने ।




प्रतिक्रिया