काठमाण्डु – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रचण्ड–नेपाल समूहले खुमलटारमा गठन भएको प्रचण्ड–नेपाल–खनाल कम्पनीले मुलुकलाई अराजकता र अस्थिरतातर्फ धकेलेको आरोप लगाएका छन् ।
शनिबार बिराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले अस्थिरता र अराजकताको नेतृत्व प्रचण्ड, नेपाल र खनालले गरेको बताउँदै कित्ता क्ल्यिर गर्न आग्रह गरे ।
‘खमुलटारमा गठन भएको, प्रचण्ड–नेपाल–खनाल कम्पनीले मुलुकलाई अस्थिरतातर्फ धकेल्न खोज्यो । अराजकता, अस्थिरता सिर्जना गर्ने, जनताको विकासको चाहानामा भाँजो हाल्ने काम गर्यो’, उनले भने, ‘राष्ट्रपति, प्रधानमन्त्री, अध्यक्ष, मुख्यमन्त्रीलाई अपदस्त गरेर यो मुलुक कब्जा गर्ने, देशलाई अँध्यारो सुरुङतर्फ धकेल्ने एउटा कित्ता तयार भएको छ । यसलाई क्लियर गरिहालौं ।’
उनले राष्ट्रवादी धारको नेतृत्व प्रधानमन्त्री ओलीले गरेको र विकास, समृद्धि र अग्रगतिको कित्ता भएको बताए । मुख्यमन्त्री राईले आफ्नै पार्टीको सरकार ढालेर देशमा अस्थिरता उत्पन्न गराउन खोजेपछि प्रधानमन्त्री ओलीले ताजा जनादेशमा जाने निर्णय गरेको बताए ।




प्रतिक्रिया