प्रदेश १ को संसद बैठकमा नजाने सरकारको निर्णय

प्रदेश १ को संसद बैठकमा नजाने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रदेश नम्बर १ को सरकार संसद बैठकमा उपस्थित नहुने भएको छ ।

आइतबार बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविस्वासको प्रस्ताव दर्तामाथि छलफल हुने कार्यसूची थियो । तर, सरकार नै सहभागी नहुने भएपछि बैठक अनिश्चित बनेको हो । मुख्यमन्त्री राईले बैठकमा सहभागी हुन नसक्ने जानकारी सभामुखलाई गराउने तयारी गरेको छ ।

यसअघि मुख्यमन्त्री राईले बैठक रोक्न सभामुख प्रदीपकुमार भण्डारीलाई दबाब दिएका थिए । तर, सभामुखले अस्वीकार गर्दै कार्यसूची प्रकाशन गरेका हुन् ।