काठमाण्डु – माओवादी केन्द्रले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिएको छ । माधव नेपाल समूहले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिएको र एक्लैले पारित गर्न सम्भव नदेखेपछि माओवादी केन्द्रले पनि फिर्ता लिएको हो ।
सोमबार बसेको प्रदेश १ को प्रदेसभा बैठकमा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिएका हुन् ।
उनले भिन्न राजनीतिक परिस्थितिमा अविश्वासको प्रस्ताव राखिएकाले अहिलेको अवस्थामा अविश्वासको प्रस्तावको औचित्य सकिएकाले फिर्ता लिइएको बताए ।
साविक नेकपाका ३७ जना सांसदले हस्ताक्षर गरि मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरी मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।




प्रतिक्रिया