काठमाण्डु – भोजपुर प्रतिनिधिसभा सदस्यका उम्मेदवार शेरधन राईले प्रदेश नं १ को मुख्यमन्त्री हुँदा भोजपुर जिल्लामा गरेका कामहरु समेटेर श्वेत पत्र सार्वजनिक गरेका छन् ।
तीन वर्ष ६ महिना सात दिन प्रदेश १ को मुख्यमन्त्री रहेका नेता राईले आइतबार भोजपुरमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो गृह जिल्ला भोजपुरको विकास निर्माणमा गरेका कामहरु श्वेतपत्रमार्फत सार्वजनिक गरेका हुन् ।
श्वेतपत्रमा सडक, पुल, खानेपानी, सिचाइ, भवन, पर्यटन, शिक्षा, खेलकुद लगायतका कार्यक्रमहरू र बजेट समेत समावेश गरेर सार्वजनिक गरिएको छ । राई २०७४ फागुन २ गते प्रदेश नं १ को मुख्यमन्त्री नियुक्त हुन भएको थियो । २०७८ भदौ १० गते राईले राजीनामा दिँदै एमालेकै नेता भीम प्रसाद आचार्यलाई सत्ता हस्तान्तरण गरेका थिए ।
आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा राई नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् ।




प्रतिक्रिया