प्रदेश नम्बर १ का मुख्यमन्त्री विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर

प्रदेश नम्बर १ का मुख्यमन्त्री विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई आफ्नो पति भएको भन्दै दोलखाकी बालिका खड्काले जिल्ला अदालत काठमाडौंमा अंश मुद्दा दायर गरेकी छिन्।

बालिका खड्काले मुख्यमन्त्री राई आफ्नो पति भएको दाबी गर्दै ‘नाता कायम गरी अंश दिलाई पाँउ’ भनी जिल्ला अदालत काठमाडौंमा अंश मुद्दा दायर गरेकी हुन् ।

सञ्चारमन्त्री भएका बेला राईले राजधानीको गोल्फुटारमा आफूलाई कोठा लिएर राखेको र आफू राईसँग २०७१ सालदेखि सँगै रहेको खड्काले दायर गरेको मुद्दामा उल्लेख छ । मुख्यमन्त्री राईले आफूलाई यौन दुव्यवहारका साथै घरेलु हिंसा गरेको उनको आरोप  छ ।

खड्काले यसअसिध नै मुख्यमन्त्री राईसँग आफ्नो सम्बनध रहेको बताउँदै आएकी थिइन्। उनले राईलाई भेटन खोजे पनि वेवास्था गरेका कारण मुद्दा दर्ता गर्नुपरेको प्रतिक्रिया दिएकी छन्। खड्का तत्कालीन एमालेको विद्यार्थी संगठनकी नेतृ समेत हुन्। राईविरूद्ध मुद्दा दर्ता भएको काठमाडौं जिल्ला अदालतले जानकारी दिएको छ ।