मुख्यमन्त्री शेरधन राईलाई दलितकी छोरी बिहे गर्न आयो प्रस्ताव !

मुख्यमन्त्री शेरधन राईलाई दलितकी छोरी बिहे गर्न आयो प्रस्ताव !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ – ‘छुवाछुतमुक्त समाज निर्माणका लागि एक नम्बर प्रदेशको अभियान’ अन्तरर्गत मुख्यमन्त्री शेरधन राईलाई बिहेको प्रस्ताव आएको छ । प्रदेशस्थित नेकपाका नेता कार्यकर्ताले राईलाई दलितकी छोरीसँग बिहे गरेर छुवाछुतमुक्त प्रदेश निर्माण अभियानको शुभारम्भ गर्न सुझाव दिएका हुन् ।

शनिबार खोटाङमा आयोजित कार्यक्रममा हालसम्म अविवाहित रहेका मुख्यमन्त्री राईको विहेको प्रसंग उठेको हो । छुवाछुतमुक्त समाज निर्माणका लागि उत्प्रेरणा जगाउन स्वास्थ्य कार्यालयसँगको सहकार्यमा जिल्ला समन्वय समितिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा आयोजना गरेको सहभोज कार्यक्रममा सहभागीहरुले नेकपासम्बद्ध दलित अगुवाले मुख्यमन्त्री राईको विवाहको कुरा चलाएका हुन् ।

कार्यक्रममा छुवाछुतमुक्त समाज निर्माणका लागि आफ्नो धारणा राख्नेक्रममा नेकपाका नेता एबं जिल्ला समन्वय समिति खोटाङका सदस्य चर्चबहादुर बिश्वकर्माले प्रदेशलाई छुवाछुतमुक्त घोषणा गर्ने अभियान सफल बनाउन मुख्यमन्त्री राईले दलितको छोरीसँग बिवाह गर्नुपर्नेमा जोड दिएका थिए ।

‘प्रदेशले छुवाछुतमुक्त समाज निर्माण गर्ने अभियान थालेको छ । यस अभियानलाई सफल बनाउने हो भने मुख्यमन्त्रीले आफैंबाट सुरुवात गर्नुपर्छ । उहाँले दलितको छोरीसँग बिवाह गर्नुपर्छ’, जिसस सदस्य विश्वकर्माले भने, ‘बरु कलिया (लमी) गर्न परे म आफै गरौंला ।’ उनले छुवाछुतमुक्त समाज निर्माण गर्ने हो भने पहिला मुख्यमन्त्री आफैले सुरुवात गर्नुपर्ने बताए ।