काठमाण्डु – नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले कानून मन्त्रालयमा रहँदा अपेक्षा अनुसार काम गर्न सफल भएको बताएकी छन् ।
आज कानून मन्त्रालयबाट विदाई हुने क्रममा मन्त्री तुम्बाहाङ्फेले विभिन्न ऐन, नियम बनाउने सन्दर्भमा महत्वपूर्ण उपलब्धी हासिल गर्न सफल भएको बताएकी हुन् ।
उनले मौलिक हकसँग जोडिएका विषयमा आफूले पद बहाली गर्दा हस्ताक्षर गरे अनुसार नै अधिकांश ऐन र नियमावली निर्माणमा सफलता प्राप्त गरेको भन्दै मौलिक हकसँग जोडिएका १६ वटा ऐन बनाएकोमा १४ वटाको नियमावली बनाइसकेको र २ वटा बन्ने क्रममा रहेको जानकारी दिइन् ।
मन्त्री तुम्बाहाङ्फेले तेजाब आक्रमणसँग जोडिएको अध्यदेश ल्याउन सफल हुँदा देशका सबै नागरिक खुशी भएको बताइन् । नेपालको संविधानमा निशान छापमा लिपुलेक, लिम्पियाधुरा र कालापानी समावेश भएको नक्सा प्रकाशित गर्ने सम्बन्धमा महत्वपूर्ण भूमिका निर्वाह गर्न पाउनुलाई पनि आफ्नो उपलब्धी भएको बताइन् ।




प्रतिक्रिया