शिवमाया तुम्बाहाम्फेले उपसभामुखबाट राजीनामा नदिने, मन्त्री पद अस्वीकार

शिवमाया तुम्बाहाम्फेले उपसभामुखबाट राजीनामा नदिने, मन्त्री पद अस्वीकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – उपसभामुख शिवमाया तुम्बाहाम्फेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेकी छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखबाट राजीनामा दिएर मन्त्री बन्न आग्रह गरे पनि अस्वीकार गरेकी छन् ।

प्रधानमन्त्री ओलीले उपसभामुखबाट राजीनामा दिएर मन्त्री बन्न आग्रह गरेपछि उनले राष्ट्रपतिसँग भेट गरेकी हुन् ।आफूले राजीनामा दिँदा उपसभामुख पद पनि खालि रहने उनले बताएकी छन् ।

उपसभामुख तुम्बाहाम्फेले संवैधानिक पद संकटमा पर्नेगरी राजीनामा नदिने बताएकी हुन् । ‘सभामुखसमेत नभएको अवस्थामा मैले राजीनामा दिँदा संवैधानिक संकट हुन्छ’, उपसभामुखको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

केही समयदेखि उनलाई राजीनामा दिन लगाएर मन्त्री बनाउने र नेकपाले अरु कसैलाई सभामुख बनाउने कसरत गरिरहेको छ ।

उपसभामुख तुम्बाहाम्फे भने आफूले दुई वर्ष उपसभामुखको जिम्मेवारी सम्हालेको र पार्टीले जिम्मेवारी दिए सभामुख बन्न तयार रहेको बताउँदै आएकी छन् ।