काठमाडौं – नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा परेका छन् । राष्ट्र बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले वित्तीय अनियमितताको आरोप लागेका श्रेष्ठलाई निलम्बन गरेको हो ।
उनीमाथि छानबिन गर्न सोमवारको बैठकले ३ सदस्यीय छानबिन समिति समेत गठन गरेको छ । छानबिनका लागि १ महिनाको समय दिइएको छ । ०७२ फागुनमा श्रेष्ठ नेपाली कांग्रेस कोटामा डेपुटी गभर्नर बनेका थिए ।
डेपुटी गभर्नर श्रेष्ठलाई खराब कर्जा लुकाउन सहयोग गरेको, सर्वोच्च अदालतले फैसना नगर्दै विदेशबाट ल्याएको पैसा निकाल्न सहयोग गरेको तथा एनसेलको कर छलीमा सहयोग गरेको आरोप लागेको छ ।
यस्तै, उनीमाथि सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी सूचना संकलन गर्न प्रयोग गरिने सफ्टवेयर चल्न नदिन भूमिका खेलेको आरोप पनि लागेको छ ।




प्रतिक्रिया