बिमस्टेकमा सुरक्षा चुनौतीः मोदी, हसिना र सिरिसेनालाई बढी सुरक्षा थ्रेड, रोहिंग्यादेखि लिट्टेसम्म खतरा

बिमस्टेकमा सुरक्षा चुनौतीः मोदी, हसिना र सिरिसेनालाई बढी सुरक्षा थ्रेड, रोहिंग्यादेखि लिट्टेसम्म खतरा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगाल खाडीका राष्ट्रहरूको प्रयास (बिमस्टेक) को सुरक्षा तयारी पूरा भएको छ। नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले बिमस्टेक बैठकमा सहभागी हुने बिशिष्ठ पाहुनाहरुलाई रोहिंग्या (म्यानमार) शरणार्थीदेखि लिबरेसन अफ तमिल टाईगर इलम (लिट्टे) सम्मबाट खतरा रहेको बिश्लेषण गरेको छ।

सरकारी स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद र श्रीलंकाका राष्ट्रपति मैत्रीपला सिरिसेनालाई सबैभन्दा बढी सुरक्षाको खतरा रहेको बिश्लेषण गरिएको छ।

सुरक्षा निकायले मोदी, हसिना र सिरिसेनाको विगत समेतका आधारमा सुरक्षा बिश्लेषण गरेको हो। यी तीनबाहेक म्यानमारका राष्ट्रपति विन्ट मिन, थाईल्याण्डका प्रधानमन्त्री प्रयुच चाओचा र भुटानका प्रधानन्यायाधीश छिरिङ वाङचुकको समेत सुरक्षा चुनौतीको बिश्लेषण गरिएको हो।

सुरक्षा निकायको विश्लेषणमा मोदी हिन्दु धर्मका कट्टर अनुयायी र पृष्ठभूमि भएका नेता भएकाले उनलाई गैर हिन्दु धार्मिक कट्टरपन्थी समूहबाट सुरक्षा खतरा छ।

बंगलादेशी प्रधानमन्त्री हसिनाको हकमा जिहादी (धार्मिक योद्धा) समूह, स्वतन्त्रता विरोधी तत्व, जमातुल मुजाहिद्दिन (जेएमबी), हिफाजत ए इस्लाम र लस्कर-ए-तोयबाट खतरा रहेको बिश्लेषण गरिएको छ। यस्तै, रोहिंग्या समुहबाट समेत हसिनामाथि सुरक्षा खतरा रहेको विश्लेषण नेपाली सुरक्षा निकायको छ।

बिमस्टेक सम्मेलनमा म्यानमारका राष्ट्रपति मिन्ट र बंगलादेशका प्रधानमन्त्री को प्रत्यक्ष सहभागिता हुने भएकाले नेपालमा रहेका रोहिङ्ग्या शरणार्थीको प्रदर्शन समेतलाई सुरक्षा चुनौती मानिएको छ।

नेपालमा करिब ६ सय रोहिङ्ग्या शरणार्थी छन्, उनीहरुले आफ्ना सम्बन्धमा अन्तर्राष्ट्रिय रुपमा ध्यान आकर्षणका लागि समेत प्रर्दशन गर्नसक्ने सम्भावना सुरक्षा निकायहरुले देखेका छन्।