शिखर पावर डेभलपमेन्टले फागुन १७ देखि आइपिओ निष्कासन गर्दै

शिखर पावर डेभलपमेन्टले फागुन १७ देखि आइपिओ निष्कासन गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले कुल १८ लाख ४२ हजार ६ सय कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको जनाएको हो ।

निष्कासन हुने कुल शेयरमध्ये १ लाख ११ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ४४ हजार ४०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ ।

बाँकी शेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका तोकिएका शाखा कार्यालयमार्फत आइपिओमा आवेदन दिन सकिनेछ । साथै, लगानीकर्ताले ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन आवेदन पनि दिन सक्नेछन् । कम्पनीका अनुसार उक्त आईपीओ छिटोमा फागुन २२ गतेसम्म र ढिलोमा चैत १ गतेसम्म खुला रहनेछ ।

यस आइपिओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सम्हालेको छ ।