पुनः आन्दोलनको चेतावनी दिँदै शिक्षक महासंघले भन्याे- विलम्व र षडयन्त्र नहोस्

पुनः आन्दोलनको चेतावनी दिँदै शिक्षक महासंघले भन्याे- विलम्व र षडयन्त्र नहोस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– शिक्षा विधेयक अगाडि नबढेको भन्दै नेपाल शिक्षक महासंघले पुनः आन्दोलनको चेतावनी दिएको छ ।

सोमबार महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै असार १५ गते पारित गर्ने सहमति भएको विधेयक अगाडि नबढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

विज्ञप्तिमा भनिएको छ; ‘बैशाख १७ गते राज्य पक्ष र ने.शि. महासङ्घ बिच भएको सहमतीलाई सम्बोधन हुने गरी २०८२ असार १५ गते भित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने भन्ने प्रतिबद्धता हस्ताक्षर भएको थियो तर सो प्रतिबद्धता अनुरुप २०८२ असार १५ गतेसम्म पनि विद्यालय शिक्षा विधेय प्रतिनिधि सभामा पेश भएको छैन । यसबाट आम शिक्षक–कर्मचारी सशङ्कित र आक्रोशित भएका छन् ।’

‘संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयक माथि चलिरहेको छलफल शीघ्रातिशीघ्र सम्पन्न गरी विगतका सहमतीहरु समावेश भएको अग्रगामी विद्यालय शिक्षा विधेयक अविलम्ब प्रतिनिधि सभामा पेश गरी पारित गराउन हामी सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँछौं ।’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै यस काममा कुनै पनि खालको विलम्व र षडयन्त्र भएमा ने. शि. महासङ्घ तुरुन्तै आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।

२९ दिने शैक्षिक सडक आन्दोलनपछि गत वैशाख १७ गते सरकारसँग सहमति भएको थियो ।