विधेयकमा विगतका सहमति हुबहु सम्बोधन नभए थप आन्दोलन चर्काउने शिक्षक महासंघको चेतावनी

विधेयकमा विगतका सहमति हुबहु सम्बोधन नभए थप आन्दोलन चर्काउने शिक्षक महासंघको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल शिक्षक महासंघले फेरि आन्दोलनका लागि सडकमा उत्रिने चेतावनी दिएको छ ।

महासंघले सरकारसँग भएका सबै सहमतिलाई हुबहु सम्बोधन हुने गरी शिक्षा विधेयकको प्रतिवेदन तयार नभए जुनसुकै बखत आन्दोलन हुन सक्ने चेतावनी दिएको हो ।

महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै आइतबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपसमितिले पेस गरेको विधेयकको प्रतिवेदनले शिक्षकका माग सम्बोधन नगरेको महासंघको ठहर छ ।

महासंघले आन्दोलन जुनसुकै बेला सुरू हुनसक्ने भन्दै त्यसका लागि तम्तयार रहन शिक्षक तथा कर्मचारीहरुलाई आह्वान समेत गरेको छ ।

महासंघले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘अब समितिमा हुने छलफलबाट शिक्षक–कर्मचारी विरोधी प्रबन्धहरु हटाएर विगतमा भएका सबै सहमतिलाई हुबहु सम्बोधन हुने गरी सुझाव सहितको प्रतिवेदन तयार हुन आवश्यक छ । यस कार्यमा अन्यथा भए नेपाली शिक्षक–कर्मचारी २०८१/०८२ को भन्दा पनि ठूलो र बलियो आन्दोलन लिएर सडकमा आउने छन् भन्ने कुरा नबिर्सिन सम्बन्धित सबैमा आग्रह गर्दछौं । आवश्यकता अनुसार जुनसुकै बखत आन्दोलन हुन सक्ने भएकाले त्यसका लागि तम्तयार रहन सबै शिक्षक–कर्मचारी साथीहरुमा अनुरोध गरिन्छ ।’