पोर्न फिल्म बनाउने शिल्पा शेट्टीका श्रीमान यसरी परेका थिए पक्राउ


एजेन्सी – बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रा पक्राउ परेका छन् । चर्चित विजनेशम्यान समेत रहेका राजलाई अश्लील फिल्म बनाएको र केही एप्समा बेचेको आरोपमा मुम्बई क्राइम ब्राञ्चले सोमवार राती पक्राउ गरेको हो ।

प्रहरीका अनुसार राज कुन्द्राको विरुद्ध यथेष्ट प्रमाण फेला गरेको छ । प्रहरीले उनीसहित ११ जनालाई पक्राउ गरेको छ । राजको विरुद्ध गत फेब्रअरीमा मुद्धा दर्ता भएको थियो । उनले पोर्न इन्डस्ट्रीमा ८ देखि १० करोडको लगानी गरेका छन् । भारतको साइबर कानुनबाट बच्न राज र उनका ब्रिटेनमा बस्ने भाईले ब्रिटेनमा नै एक कम्पनी दर्ता समेत गरेका छन् । पोर्न फिल्म भारतमा छायांकन गरेर अनलाइनको माध्यमबाट विदेशका एप्सहरुमा पठाइने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

मुम्बई पुलिस फेब्रअरीमा पक्राउ परेकी अभिनेत्री गहना वशिष्ठको माध्यमबाट पोर्न फिल्म बनाउने यो ¥याकेटसम्म पुग्न सफल भएको हो । अभिनेत्री वशिष्ठ पछि अरु तीन व्यक्ति पक्राउ परेका थिए । त्यसपछि एफआइआर दर्ता भयो । अभिनेत्रीलाई पोर्न फिल्मका लागि न्यूड सीन सुट गर्न बाध्य पारिएको आरोपमा उनीहरुलाई पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा पोर्न फिल्मलाई पेड मोबाइल एप्लिकेशनमा सार्वजनिक गरिएको पनि खुलेको थियो । त्यसपछि प्रहरीले यो मामलामा जोडिएका अर्का व्यक्ति उमेश कामतलाई पक्राउ गरेको थियो । उमेशको माध्यमबाट प्रहरी राजसम्म पुग्न सफल भएको हो ।

यदी अदालतले दोषी ठहर गरेको खण्डमा राजलाई भारु दश लाख रुपैयाँ जरिवाना र पाँच बर्ष जेल सजाय हुने बताइएको छ । हिरोको कारोबार गरेर राजले भारु २८०० करोडको सम्पत्ति जोडेका छन् । राज रियल एस्टेट, माइनिङ, इन्टरटेनमेन्ट, स्पोर्ट्स, स्टक मार्केट, गेमिङ र हस्पिटालिटी लगायत कयौं विजनेशसँग जोडिएका छन् । उनले बलिउड फिल्म र स्पोर्ट्समा समेत लगानी गरेका छन् । राजलाई २००४ मा एक ब्रिटिश पत्रिकाले सबभन्दा धनी एशियाई ब्रिटिशको लिस्टमा १९८औं स्थानमा राखेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement