रक्षामन्त्री उप्रेतीले भेटे भारतीय समकक्षी सिंहलाई

रक्षामन्त्री उप्रेतीले भेटे भारतीय समकक्षी सिंहलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दिल्ली – पाँच दिने भारत भ्रमणका लागि नयाँ दिल्ली आएका रक्षामन्त्री हरिप्रसाद उप्रेतीले भारतीय समकक्षी राजनाथ सिंहलाई भेटेका छन् । सो भेटमा दुई देशबीचको आपसी हित र चासोको विषयमा छलफल भएको छ ।

पाँच दिने भारत भ्रमणका लागि मन्त्री उप्रेती आइतबार दिल्ली आएका थिए । पुष्पकमल दाहाल प्रचण्डको सरकार गठन भएपछि नेपालबाट विदेश भ्रमण गर्ने उनी दोस्रो मन्त्री हुन् ।

यसअघि पराराष्ट्र मन्त्री विमला राई श्रीलंका गएकी थिइन् । उनी श्रीलंकाको स्वतन्त्र दिवसमा भाग लिएर फर्केसकेकी छिन् । मन्त्री उप्रेती बेंगलुरू कर्नाटकमा आगामी फागुन १ देखि ५ गतेसम्म सञ्चालन हुने ‘एरो इण्डिया, २०२३’ र ‘स्पिड–डिफेन्स मिनिस्टर्स कन्क्लेभ, २०२३’ को १४औं संस्करणमा सहभागी हुनेछन ।

मन्त्री उप्रेतीसँगै नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणा र मन्त्रालयका सहसचिव बाबुराम अधिकारी पनि भारत भ्रमणमा आएका छन् ।