स्वास्थ्यमा समस्या देखिएपछि राजीनामा दिँदै जापानी प्रधानमन्त्री

स्वास्थ्यमा समस्या देखिएपछि राजीनामा दिँदै जापानी प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – जापानी प्रधानमन्त्री सिन्जोआबले राजीनामा दिने तयारी गरेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि आबेले प्रधानमन्त्रीबाट राजीनामा दिन लागेका हुन् ।

अल्सरेटिभ कोलाइटिस रोगबाट पीडित आबेले आफ्नो स्वास्थ्यका कारण कामकारबाहीमा असर नपरोस भनेर राजीनामा दिन लागेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

पछिल्लो समय उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको बताइएको छ । उनले शुक्रबार साँझ पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गर्न लागेका हुन् ।

करिब ८ वर्षदेखि प्रधानमन्त्री रहेका आबेको कार्यकालमा जापानले आर्थिक क्षेत्रमा ठूलो फड्को मारेको छ । ६५ वर्षीय आबेले आफ्नो ८ वर्षे कार्यकालमा जापानको विनाशकारी भूकम्प, सुनामी र आणविक प्रकोपबाट हुने क्षतिले मानव स्वास्थ्यमा पार्ने असरबारे महत्वपूर्ण काम गरेका थिए ।