काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दा विरोध खतिवडा पनि मन्त्रीमा नियुक्त भएका छन् । पूर्वमिस नेपाल श्रृङ्खला खतिवडा आफ्नो बुबा स्वास्थ्यमन्त्री बनेपछि निकै खुसी भएकी छन् ।
हाल अमेरिकामा रहेकी श्रृङ्खलाले सामाजिक सञ्जालमार्फत बुबालाई बधाई एवम् सफताको शुभकामना दिएकी हुन् । उनले समाजिक सञ्जालमा लेखेकी छिन्, “तपाईंको छोरी हुन पाउँदा म गर्व महसुस गर्छु । जनताको सेवाप्रति तपाईंको समर्पण देखेर म सधैँ अचम्म पर्थे । कहिल्यै ठुलो सपना देख्नुभएन, तर अरुका ठुला सपनाहरु पूरा गरिदिन तपाईं खटिएको देख्दा म आफैँलाई पनि कतिपटक डाहा लाग्थ्यो । प्यारो बुबा मलाई आशा छ– तपाईं झन् व्यस्त रहनुहुनेछ । तपाईंको अपार ज्ञानले पक्कै पनि नेपालको स्वास्थ्य क्षेत्रमा परिवर्तन आउने छ । उही तपाईंकी प्यारी छोरी तथा शुभकामना ।”
‘मिस नेपाल–२०१८’ विजेता श्रृङ्खला खतिवडा उच्च शिक्षा अध्ययनका सिलसिलामा अहिले अमेरिकामा छिन् ।




प्रतिक्रिया