श्रीलङ्का छिट्टै आर्थिक सङ्कटबाट मुक्त हुने दाबी

श्रीलङ्का छिट्टै आर्थिक सङ्कटबाट मुक्त हुने दाबी


एजेन्सी – श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले सन् २०२६ सम्ममा आफ्नो देश आर्थिक सङ्कटको अवस्थाबाट मुक्त हुने विश्वास व्यक्त गरेका छन् ।

आफ्नो सरकारको भावी नीतिका बारेमा संसदलाई सम्बोधन गर्दै विक्रमासिङ्घेले विभिन्न समूहको चुनौतीका बावजुद कर सुधार कार्यक्रम अघि बढाउने बताए ।

उनले भने “म राष्ट्रको हितका लागि अलोकप्रिय निर्णय गर्न तयार छु । जनताले ती निर्णयको महत्व दुई–तीन वर्षमा महसुस गर्नेछन् ।” विक्रमासिङ्घेले कठिनाइका बावजुद सरकारले कमजोर वर्गलाई आर्थिक सङ्कटबाट जोगाउनका लागि कदम चालेको उल्लेख गरे ।

राष्ट्रपतिले देश अहिले नकारात्मक अर्थतन्त्रबाट सकारात्मक अर्थतन्त्रतर्फ अघि बढिरहेको बताउँदै सन् २०२३ को अन्त्यसम्ममा श्रीलङ्काले आर्थिक वृद्धि हासिल गर्न सक्ने बताए ।

उनले संसद्मा रहेका सबै दललाई एकताबद्ध भएर देश बनाउने प्रक्रियामा सहभागी हुन आग्रह गरे ।