कामको व्यस्तताले गर्दा प्रधानमन्त्रीले तत्काल विदेश जान्न भन्नुभएको होः परराष्ट्रमन्त्री खनाल

कामको व्यस्तताले गर्दा प्रधानमन्त्रीले तत्काल विदेश जान्न भन्नुभएको होः परराष्ट्रमन्त्री खनाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाह व्यस्तताका कारण विदेश भ्रमणमा नगएको बताएका छन् ।

भारत भ्रमणमा रहेका खनालले नयाँदिल्लीस्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा बजेटलगायत सरकारी कामको व्यस्तताका कारण प्रधानमन्त्री शाह तत्काल विदेश भ्रमणमा नगएको तर्क गरे ।

सञ्चारकर्मीको प्रश्नमा उनले प्रधानमन्त्री शाहले उचित समय आएपछि विदेश भ्रमण थाल्ने उल्लेख गरे ।

सरकार नागरिकले महसुस गर्ने गरी काम गरिरहेकाले प्रधानमन्त्री व्यस्त रहेको उनको भनाइ थियो ।

‘बजेट ल्याउनुपर्ने समय थियो । छोटो समयमा परिणाम देखिने गरी काम गर्नुपर्ने अवस्था छ’, खनालले भने, ‘काम गरेर देखाउन प्रधानमन्त्री व्यस्त हुनुहुन्छ’, खनालले भने ।

खनालले प्रधानमन्त्री शाहले उपयुक्त समयमा भारतको पनि भ्रमण गर्ने बताए । प्रधानमन्त्री शाहले भने कार्यकालको पहिलो एक वर्ष कुनै पनि देशको भ्रमण नगर्ने नीति लिएका छन् ।