सिवम सिमेन्ट्सको वार्षिक साधारण सभा सम्पन्न

सिवम सिमेन्ट्सको वार्षिक साधारण सभा सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कै अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडले पव्लिक कम्पनीमा परिणत भईसकेपछिको छैठौं वािर्षक साधारण सभा सम्पन्न गरेको छ ।

कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा सम्पन्न वार्षिक साधारणसभामा जुम भर्चुअल मार्फत शेयरधनीहरुको समेत उपस्थिती रहेको थियो । उक्त वार्षिक साधारण सभाले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजी ४ अर्व ४० करोडको २९ प्रतिशत (उनान्तिस प्रतिशत) का दरले (लाभाँसमा लाग्ने कर सहित) हुन आउने १ अर्व २७ करोड ६० लाख मात्र नगद लाभांस रकम वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

त्यस्तै साधारणसभाले कम्पनी संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आ. व. २०७७–०७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका सम्लग्न विवरणहरु, आ. व. २०७८।०७९ को आय व्ययको लेखापरीक्षण गर्न सुवोध एशोसियट्स, चार्टर्ड एकाउण्टटेण्ट, काठमाण्डुलाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव सहितका सामान्य र विशेष प्रस्तावहरु पारित गरेको छ ।

सर्वसाधारण शेयरधनीहरुको बैंक खातामा शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेडमार्फत नगद लाभांश वितरण गर्ने कार्यक्रम रहेकोले आ आफ्नो नामको बैंक खाता नम्बर डिम्याट एकाउण्टमा अद्यावधिक गरी नगद लाभाँस प्राप्त गर्नेछन भन्ने विश्वास कम्पनीले लिएको छ ।