शिवम् सिमेन्टले गर्‍यो निर्माणकर्मीहरुको लागि ५ लाख बराबरको दुर्घटना विमा

शिवम् सिमेन्टले गर्‍यो निर्माणकर्मीहरुको लागि ५ लाख बराबरको दुर्घटना विमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शिवम् सिमेन्टले देशका विभिन्न स्थानहरुमा दक्ष प्राविधिकद्वारा निर्माणकर्मीहरुसंग परामर्श तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

शिवम् सिमेन्टले उक्त अन्र्तक्रिया कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथै हरेक सहभागि निर्माण कर्मीहरुको लागि ५ लाख बराबरको दुर्घटना विमा गरी विमा पोलिसी सोही कार्यक्रममार्फत हस्तान्तरण गरेको थियो ।

दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरु हरेक दिन जोखिमपुर्ण कार्यहरु गर्दै आईरहेका हुन्छन । उक्त जोखिमलाई मध्यनजर गर्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुको लागि निःशुक दुर्घटना विमा योजना ल्याएको हो ।

देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तक्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकर्मीहरुको लागि ५ लाख बराबरको जोखिम बहन गर्ने गरी विमा गरेको थियो ।

पहिलो चरण अन्र्तगत हालसम्म काठमाण्डु, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्लालगायतकाविभिन्न १६ स्थानमा १ हजार भन्दा बढि निर्माणकर्मीहरुसंग प्राविधिक अन्तक्रिया गरी उनीहरुको जोखिम विमा गराई सकेको कम्पनीका प्रतिनिधीले बताएका छन् ।

उक्त अन्र्तक्रिया कार्यक्रममा दक्ष एबम् अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापनतथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहु आईपर्ने निर्माण सम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराईएको थियो ।

उक्त कार्यक्रममा सम्बन्धीत क्षेत्रका शिवम् सिमेन्टका वितरकहरु, उद्योगी, व्यवसायी लगायतको उपस्थिति रहेको थियो । शिवम् सिमेन्टले आगामी दिनहरुमा समेत शिवम् सिमेन्टका विक्रेताहरुसंगको समन्वयमा यस अन्तक्रिया तथा निशुल्क विमा कार्यक्रम निरन्तर संचालन गर्ने कम्पनीले जनाएको छ ।

यो संगै शिवम् सिमेन्टले निरन्तर रुपमा विक्रि पछिको निःशुल्क प्राविधिक सेवा समेत दिदै आहिरहेको छ । निःशुल्क दक्ष प्राविधिक सेवा लिनको लागि टोल फ्रि.नं. १६६००१२३३२१, ९८०१५७५५७५ मा सम्पर्क गर्न सकिने छ ।