काठमाडौं – नेपालको एक अग्रणी सिमेन्ट उत्पादक उद्योग शिवम् सिमेन्ट लिमिटेड ‘एन एस क्वालिटी अवार्ड २०१९’ बाट सम्मानित भएको छ ।
नेपाल सरकार नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्रदान गरिने उक्त अवार्ड नेपाल गुणस्तर चिन्ह प्राप्त उद्योगहरु मध्ये खुल्ला प्रतिस्पर्धा गरी निरन्तर सर्वोत्कृष्ट बस्तु उत्पादन गर्ने, सम्पूर्ण उत्पादन प्रक्रिया र उत्पादित बस्तुको स्वतन्त्र परिक्षणबाट उच्च गुणस्तरको बस्तु उत्पादन र विक्रि वितरण गर्ने उद्योगमा पर्न सफल भएकाले उक्त कम्पनीलाई सम्मान स्वरुप सो अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ ।
सिमेन्ट जगतमा पहिलो पटक शिवम् सिमेन्टले एन एस क्वालिटी अवार्ड प्राप्त गरेको हो । नेपाल गुणस्तर तथा नापतौल विभाग बालाजुमा आयोजित एक कार्यक्रममा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव श्री बैकुण्ठ अर्यालज्यू, नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक श्री विश्वबाबु पुडासैनी तथा नेपाल उद्योग परिसंघका अध्यक्ष श्री सतिस मोरज्यूको विशेष आथित्यता रहेको उक्त कार्यक्रमा अतिथि ज्यूहरुबाट उक्त अर्वाड शिवम् सिमेन्ट्सका कार्यकारी अध्यक्ष श्री सुरेन्द्रकुमार गोयल ज्यूलाई हस्तान्तरण गरेका थिए ।
क्वालिटीको को मामलामा नो कम्प्रमाइज भन्दै देशको विभिन्न ठुला–ठुला राष्ट्रिय गौरवका आयोजनाहरुमा आफ्नो महत्वपुर्ण भुमिका निभाउदै आएको शिवम् सिमेन्टको उत्पादन गुणस्तरिय भएको प्रमाणित भई यो अवार्ड प्रदान गरिएको हो । ओपीसी सिमेन्ट मात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट गुणस्तरिय एवम् उत्कृष्ट उत्पादन हो भन्ने कुरा यो अवार्डले पुष्टि गरेको छ ।
“गुणस्तरको पहिचान हो शिवम्”, “गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ” तथा “क्वालिटीको मामलामा नो कम्प्रमाइज, जस्ता मुल नाराका साथ अगाडी बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ ।
सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।
उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट बन्न सफल भएको हो । आई एस ओ, आई एस आई र यु आर एस प्रमाणित तथा नेपाल गुणस्तर चिन्ह प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।




प्रतिक्रिया