काठमाडौं – शिवम् सिमेन्टको ‘शिवम कृति समारोह २०७६’ सम्पन्न भएको छ । गत शक्रबार र शनिबार काठमाडौंको होटल हायातमा कार्यक्रम आयोजना गरि शिवमले ३७ वटा सर्वोकृष्ट डिलरलाई अवार्ड प्रदान गरेको थियो ।
जसअनुसार पहिलो दिन कोर इष्ट जोनका डिलरहरुलाई त्रिनेत्र, प्रगति, परमविर, सदावहार र सर्वोत्कृष्ट तीन जना विजेतालाई शिवम रिजनल डाइमण्ड, गोल्ड र सिल्भर अवार्डबाबाट सम्मान गरिएको थियो ।
दोश्रो दिन सेन्ट्रल वेस्ट जोनको डिलरहरुलाई रिजनल अवार्डसँगै नेसनल प्रगति, परमविर, सदावहार र सर्वोत्कृष्ट तीन जना विजेतालाई शिवम नेशनल डाइमण्ड, गोल्ड तथा सिल्भर अवार्डबाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा नेपालका कलाकार लगाएत भारतका कलाकार राजु श्रीवास्तवले आफ्नो प्रस्तुती दिएका थिए ।









प्रतिक्रिया