काठमाण्डु – सुदूरपश्चिम प्रदेशमा लामो समयदेखि रिक्त रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका प्रदेशसभा सदस्य शिवराज भट्टलाई दिने निर्णय गरिएको छ ।
सोमबार नेपाली कांग्रेसका संसदीय दलका नेता तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले भट्टलाई मन्त्री नियुक्त गर्ने निर्णय सर्वसम्मत रूपमा गरेको हो ।
भट्ट बैतडी प्रदेशसभा (२) बाट नेपाली कांग्रेसको तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।
बैठकले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि गठन भएको संघीय सरकारलाई पनि बधाई ज्ञापन गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा गठित मन्त्रिपरिषद्लाई सफल कार्यकालको शुभकामना दिने निर्णय छ ।
बैठकले आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणका लागि आवश्यक सल्लाह सुझाव दिन ३ सदस्यीय बजेट सुझाव समिति गठन गरेको छ । संसदीय दलका प्रमुख सचेतक बिक्रम सिंह धामीको संयोजकत्वमा गठित समितिमा गीता कुमारी चौधरी र पदमबहादुर शाही सदस्य रहेका छन् ।




प्रतिक्रिया