राष्ट्रियसभा बैठकबाट शोक प्रस्ताव पारित


काठमाण्डु – राष्ट्रियसभा बैठकले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

आज बिहीबार बसेको बैठकले शोक प्रस्ताव पारित गरेको हो ।

बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेम्वाङको निधनमा शोक प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसलाई सभाले अनुमोदन गरेको छ ।

बैठकमा १ मिनेट मौनधारण पनि गरिएको थियो ।

२००९ सालमा जन्मिएका नेम्वाङको मंगलबार बिहान निधन भएको थियो । उनको बिहीबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

राष्ट्रियसभा अर्को बैठक असोज १२ गते अपराह्न १ः०१ बस्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement