आज वर्षको सबैभन्दा छोटो दिन

आज वर्षको सबैभन्दा छोटो दिन


काठमाण्डु – आज डिसेम्बर २१ अर्थात वर्षको सबैभन्दा छोटो दिन। खगोल विज्ञानको भाषामा यसलाई शीतकालीन अयनान्त भनिन्छ।

यो दिन सूर्य कर्क रेखाबाट मकर रेखा अर्थात् उत्तरायणबाट दक्षिणायनमा प्रवेश गर्छ। यो दिन पृथ्वीको उत्तरी गोलार्धमा दिनको लम्बाइ सबैभन्दा छोटो हुन्छ र रात्रिको समय वर्षकै लामो हुन्छ।

यो दिन ८ घण्टासम्मको र रात्रि १४ घण्टासम्मको हुन्छ। यसको निर्धारण उत्तरी गोलार्धमा स्थित देशको ुटाइम ज़ोनु र भौगोलिक अवस्थितिअनुसार हुन्छ।

शीतकालीन अयनान्त जस्तै २१ जूनमा ग्रीष्म अयनान्त हुन्छ। यो दिन दक्षिणी गोलार्द्धमा दिन सबै भन्दा सानो र उत्तरी गोलार्द्धमा दिन सबैभन्दा लामो हुन्छ।

खगोल विज्ञानका अनुसार २१ मार्च र २३ सेप्टेम्बरका दिन दिन र रात बराबरी हुन्छन्।

यस्तै आज २१ जुनमा वर्षकै लामो दिन हुन्छ । २१ जुनको दिन सूर्य पृथ्वीको उत्तरी गोलार्धस्थित कर्कट रेखामा सबैभन्दा माथि र सिधा पर्दछ । जसका कारण उत्तरी गोलार्धमा वर्षका अन्य दिनमा भन्दा २१ जूनको दिन लामो समयसम्म सूर्यको किरण पर्दछ ।

२१ जूनलाई उत्तरी गोलाद्र्धको देशमा गर्मीको सुरुवात पनि भनिन्छ । यद्यपि, यतिबेला दक्षिण गोलाद्र्धका देशमा ठिक विपरित हुन्छ, यहाँ यसलाई चिसो मौसमको सुरुवातको रुपमा हेरिन्छ ।