कञ्चनपुरमा ड्युटीमा रहेका सशस्त्र प्रहरीका सईमाथि खुकुरी प्रहार

कञ्चनपुरमा ड्युटीमा रहेका सशस्त्र प्रहरीका सईमाथि खुकुरी प्रहार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरमा डिउटीमा खटिएका सशस्त्र प्रहरीका एक जना सइमाथि खुकुरी प्रहार भएको छ ।

दोधारा चाँदनी नगरपालिका–७ कञ्चन भोजमा बीओपीका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक (सइ) नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार भएको हो । गत शुक्रवार राती होहल्ला गरेपछि सम्झाउन गएका सई चौंसिरमाथी खुकुरी प्रहार गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक एवम प्रवक्ता प्रकाश डाँगीका अनुसार शुक्रबार राती १० बजेको समयमा बिओपी प्रमुखमाथी खुकुरी प्रहार भएको हो । सो खुकुरी प्रहारवाट उनको बाया पाखुरामा चोट लागेको छ । खुकरी प्रहार गरी फरार रहेकाहरुकाे अहिले खोजी कार्य जारी राखिएको छ ।