संवैधानिक नियुक्तिविरुद्धको मुद्दामा अन्तरिम आदेश जारी भएन

संवैधानिक नियुक्तिविरुद्धको मुद्दामा अन्तरिम आदेश जारी भएन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संवैधानिक आयोगहरूमा नियुक्त ५२ पदाधिकारीको नियुक्ति प्रक्रिया संविधान विपरीत भन्दै परेको रिटमा संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सर्वोच्चको संवैधानिक इजलासले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यायदेशमार्फत नियुक्त गरेको सम्बन्धमा कारण देखाउन आदेश जारी गरेको हो ।

कामु प्रधानन्यायाधिश दीपककुमार कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, मीरा खड्का र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले उक्त आदेश दिएको हो । कारण देखाउ आदेश जारी गरेपनि अन्तरिम आदेश भने नहुने उल्लेख गरिएको छ ।

सिफारिसको विधि र प्रक्रियामा प्रश्न उठाउँदै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दायर गरेका थिए । उनीहरूले ५२ जना संवैधानिक निकायका पदाधिकारीको नियुक्ति बदरको माग गर्दै रिट दायर गरेका थिए ।