इराकबाहेकका पश्चिम एसियाका देशमा पुनः श्रम स्वीकृति खुला

इराकबाहेकका पश्चिम एसियाका देशमा पुनः श्रम स्वीकृति खुला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पश्चिम एसियाका विभिन्न देशका लागि श्रम स्वीकृति पुनः खुला गरिएको छ । वैदेशिक रोजगार विभागले सोमबार सूचना जारी गर्दै मूख्यतः १२ देशका लागि श्रम स्वीकृति पुनः खुला गरिएको जानकारी दिएको हो ।

इराकबाहेकका देशहरूमा सबै प्रकारका श्रम स्वीकृति (व्यक्तिगत, संस्थागत तथा वैधानिकीकरण) पूर्ववत अवस्थामा खुला गरिएको हो ।

इराकको हकमा भने मन्त्रिपरिषद्को अघिल्लो निर्णयअनुसार नै प्रक्रिया अघि बढाइने विभागले जनाएको छ ।

यसअघि क्षेत्रीय विषम परिस्थितिका कारण साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल लगायतका देशमा अस्थायी रूपमा श्रम स्वीकृति स्थगन गरिएको थियो ।