काठमाण्डु – बैदेशिक रोजगारमा जान चाहने नेपालीले अब श्रम स्वीकृतिका लागि विभाग जानु नपर्ने भएको छ । लामो तयारीपछि सरकारले शुक्रबारदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति दिने भएको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत नेपालीले विदेशबाट समेत यस्तो सेवा लिन सक्नेछन् ।
उनले म्यादी जीवन बिमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइनबाटै श्रम स्वीकृतिका लागि आवेदन दिपर्ने जानकारी दिए । योसँगै विदामा नेपाल आएका र विदेशमै रहेको नेपालीले कार्यालयसम्म धाइरहनु पर्ने बाध्यताको अन्त्य भएको छ ।




प्रतिक्रिया