काठमाण्डु– काठमाण्डुबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज मध्यरातमा काठमाण्डुनै फिर्ता भएको छ ।
सोमबार राति अवतरण हुन नसकेपछि १२ बजे जहाज काठमाण्डुनै फिर्ता भएको हो । उडानमा चालक दलका सदस्यसहित ८० यात्रु थिए।
उक्त जहाज काठमाण्डुबाट धनगढीका लागि ९ः४५ बजे उडेको थियो । धनगढी विमानस्थल अवतरणका लागि पटकपटक प्रयास गर्दासमेत सम्भव नभएपछि फर्काइएको हो ।
काठमाण्डु फर्कदा विमानस्थलमा केहीबेर यात्रुले असन्तुष्टि समेत जनाएका थिए ।
एयरलाइन्सका कर्मचारी सागर पौडेलले टिकट फिर्ता गर्न चाहने यात्रुको पैसा फिर्ता गर्ने र जान चाहने यात्रुलाई मङ्गलबार बिहानको उडानमा धनगढी पठाइने जानकारी दिए ।




प्रतिक्रिया