ल्यान्डिङ गेयरमा समस्या आएपछि श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण

ल्यान्डिङ गेयरमा समस्या आएपछि श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा – भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ। ल्यान्डिङ गेयरमा समस्या आएपछि विमान पुन: भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएको हाे।

विमान रनवेमै अड्किएकाले अरु सबै उडान अवतरण प्रभावित बनेको छ।  जहाजका चालक दलका सदस्य र सबै यात्रुहरू सकुशल छन्।

भैरहवाबाट बिहान ९:३९ बजे काठमाडौं उडेको जहाज ९:५७ बजेमै भैरहवा अवतरण गरिएको हो।