श्री एयरलाइन्सले कोरोना खोप लगाएका यात्रुलाई १० प्रतिशत छुट दिने

श्री एयरलाइन्सले कोरोना खोप लगाएका यात्रुलाई १० प्रतिशत छुट दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु — श्री एयरलाइन्सले कोरोना भाइरस विरुद्धको दुवै डोज खोप लगाएका यात्रुलाई १० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

श्री एउयरका प्रबन्धक अनिल मानन्धरका अनुसार उडानलाई थप सुरक्षित बनाउन र सरकारको राष्ट्रिय खोप कार्यक्रमलाई प्रोत्साहित गर्न यस्तो योजना ल्याइएको हो ।

यो छुट योजनामा सहभागी हुने यात्रुले कोरोना खोप लगाइसकेपछि सरकारले प्रदान गरेको कार्ड भने अनिवार्य रुपमा पेस गर्नुपर्ने एयरलाइन्सले जनाएको छ ।

श्री एयरलाइन्सको जुननुकै काउन्टरबाट टिकट काटे पनि यो छुट पाउन सकिने जनाइएको छ ।